दफा १०
प्रवद्र्धन समितिको काम, कर्तव्य र अधिकार
प्रवद्र्धन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवद्र्धन गर्नको लागि आवश्यक नीति निर्धारण गर्ने,
(ख) अन्तर्राष्ट्रिय वित्तीय कारोबारको प्रवद्र्धन गर्नको लागि आवश्यक कानुनको तर्जुमा गर्न नेपाल सरकारलाई सहयोग पु¥याउने,
(ग) अन्तर्राष्ट्रिय वित्तीय कारोबारलाई प्रवद्र्धन गर्ने सम्वन्धित सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायहरू बीच समन्वय कायम गर्ने, गराउने,
(घ) नेपाललाई एक आकर्षक अन्तर्राष्ट्रिय वित्तीय कारोबार केन्द्रको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई प्रदान गर्नु पर्ने छुट, सुविधा तथा सहुलियतहरूका सम्वन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(ङ) कार्यन्वयन समितिले कुनै अन्तर्राष्ट्रिय वित्तीय संस्थाको अनुमतिपत्र निलम्वन वा खारेज गरेकोमा सो संस्थाले दिएको पुनरावेदन सुन्ने,
(च) अन्तर्राष्ट्रिय वित्तीय कारोबारलाई प्रवद्र्धन गर्न आवश्यक सम्झेको अन्य कार्य गर्ने ।